• २०७८ असार ०१, मंगलबार
  • मकवानपुरमा ६०-६४ बर्ष उमेर समुहलाई जेष्ठ २५ देखी verocell inactive खोप अभियान संचालन हुदै

    २३ जेष्ठ २०७८, आईतवार १४:५६

    आईतबार बसेको कोभिड १९ सम्बन्धी जिल्ला खोप समन्वय समितिको बैठकले आगामी जेष्ठ २५ गते देखी २८ गते सम्म SARS-COV-2 Vaccine (verocell inactive) खोप अभियान संचालन गरी खोप लगाउने निर्णय भएको छ । पहिलो चरणमा ६० बर्ष देखी ६४ बर्ष उमेर समुहका करीब ८ हजार जनालाई यो खोप लगाईने भएको हो । खोपलाई ब्यस्थीत तरीकाले लगाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरीएको छ । खोप लगाउन आउदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा सम्बन्धित वडा कार्यालयले दिएको सिफारिसको आधारमा खोप दिने निर्णय भएको छ ।

    सबै पालिकाहरूले खोप लगाएका व्यक्तिको दर्ता हरेक दिन IMU App मा गर्ने,खोप रजिष्टरमा समेत विवरण प्रविष्टि गरी दैनिक प्रतिवेदन स्वास्थ्य कार्यालय मकवानपुरमा पेश गर्नु गन लगाएतका निर्णहरु भएकाछन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको संयोजकत्वमा भएको बैठकले सबै पालिकाहरूका स्वास्थ्य संस्थाहरू (अस्पताल,प्राथमिक स्वास्थ्य केन्द्र,स्वास्थ्य चौकी,आधारभूत स्वास्थ्य केन्द्र,शहरी स्वास्थ्य केन्द्र,ग्रामीण सामुदायिक स्वास्थ्य इकाई) मा आवश्यकता र औचित्यताका आधारमा स्थानीय तहबाट निर्णय गरी खोप केन्द्र कायम गर्ने ।

    खोप अभियान सञ्चालन गर्दा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने,गराउने । ६०—६४ वर्षका लक्षित जनसंख्या, अघिल्लो अभियानको प्रगति कभरेज तथा जोखिमको वर्गीकरण अनुसार स्वास्थ्य कार्यालय, मकवानपुरले तयार गरेको माइक्रो प्लानिङ्ग तथा खोपको उपलब्धताका आधारमा स्वास्थ्य कार्यालय, मकवानपुरले सम्बन्धित पालिकाहरूलाई खोप उपलब्ध गराउने निर्णय भएकाहुन । यस्तै खोप सम्बन्धी विविध जानकारीमूलक सूचनाहरू स्वास्थ्य कार्यालय मकवानपुर र सबै पालिकाहरूले प्रचार प्रसार गर्ने समेत निर्णय भएका छन् ।

    यो खोप यस अघि लगाएकाले लगाउन नमिल्ने खोप रहेको छ साथै रगत पातालो हुने ब्यक्ती,दम,ज्यरो साथै १५ दिन भित्र कोभिड सक्रमण भएका ब्यक्तीले पनि खोप लगाउन नमिल्ने बताईएको छ । बिहान १० बजे देखी ४ बजे सम्म लगाईने खोपको मिसयुज भएमा कर्मचारीलाई बिभागीय काबार्ही गरीने समेत बताईएको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *