• २०७८ श्रावन १९, मंगलबार
  • बागमती प्रदेश सरकारले आज बजेट ल्याउदैं

    १ असार २०७८, मंगलवार १०:५४

    सिधाखबर \ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज सार्वजनिक गर्दैछ । सरकारको बजेट सार्वजनिक गर्नका लागि आज दिउँसो ३ बजे बागमती प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

    आज बस्ने प्रदेशसभा बैठकमा बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आवको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब ५४ अर्बको बजेट ल्याउँदै छ ।

    कोरोना संक्रमण नियन्त्रण, उपचार र खोपको उपलब्धतालाई प्राथमिकतामा राखेर बजेट तयार पारेको मन्त्री ढुंगेलले बताए । उनले कोरोना नियन्त्रण र उपचारसंगै भोैतिक विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्र पनि सरकारको आगामी आर्थिक वर्षको बजेटको प्र्राथमिकतामा रहेको बताए ।

    त्यस्तै, आज प्रस्तुत हुने बजेटलार्य स्वीकृती प्रदान गर्न दिउँसो २ बजेका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रीपरिषद् बैठकले प्रदेश सरकारको आवको लागि तयार पारेको बजेटलाई संसद्मा प्रस्तुत गर्ने अनुमती प्रदान गर्ने मन्त्री ढुंगेलले जानकारी दिए ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *