विमाले दियो उपचारमा राहत, आइएमई लाइफ विमाबाट २५ लाख पाउँदा हर्षित भए पौडेल

२१ श्रावण २०७८, बिहीबार १८:५३

सिधाखबर  \ पेटको आन्द्रामा भएको क्यान्सरलाई उपचार गरी क्यान्सर जितेका मकवानपुरका युवा व्यवसायी हिमाल पौडेलले विमा वापत जिउँदै हुदाँ  २५ लाख (भ्याट कट्टा पछिको रकम ) २३ लाख ७६ हजार रुपैयाँ पाइएला भनेर सोचेका थिएनन् । जब उनी विरामी परेर उपचारको लागि अस्पतालमा भर्ना भए उनलाई क्यान्सरको संकेत देखियो । काठमाडौंको मेडिसिटीमा उपचारत पौडेललाई अस्पतालले क्यान्सरको लक्षण बताए पछि पौडेलले आफुले विमा गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई जानकारी गराए ।

कम्पनीले अस्पतालको रिर्पोटको आधारमा उपचार खर्च उपलब्ध गराउने बताएको थियो । उपचार पश्चात घर फर्केका पौडेलको घरमा विहीबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको टोली २५ लाख (भ्याट कट्टा पछिको रकम ) २३ लाख ७६ हजार ८४०को चेक लिएर पुग्दा उनी दङ्ग परे । चेक ग्रहण गर्दै पौडेलले भने मैले यती ठुलो रकम पाउँछु भनेर सोचेको थिएन घरमै आएर विमा कम्पनीले आफुलाई उपचार रकम उपलब्ध गराएकोमा विमा कम्पनीलाई धन्यवाद दिए । उनले अरुलाई पनि विमा गरेर प्राणघातक रोग जोखिम न्युनिकरणबाट लाभ लिन अनुरोध गरे ।

आइएमई लाइफ इन्स्योरेन्सका विमा अभिकर्ता लक्ष्मण कुमार महर्जनले गत मंसिर १७ गते उनका साथी हिमाल पौडेलको २५ लाख बराबरको जिवन विमा गरेका थिए । यो जिवन विमा अन्तरगत २१ वटा प्राणघातक रोगबाट जोखिम युक्त सिईए (क्रिटिकल इल्नेस्) धनसरिता जीवन विमा रहेको थियो ।

पौडेलले अन्य विमा कम्पनीमा आफ्नो विमा गरेकाले आईएमई लाइफ एन्स्योरेन्समा यो विमा योजनाप्रति कुनै चासो राखेका थिएनन् । साथी लक्ष्मणले गरेको आग्रहलाई उनले स्वीकार गर्दै विमाङ्क रकम किस्ता बुझाएका थिए । धनसरिता जिवन विमा वार्षिक नगद फिर्ता गर्ने विमा योजना पोलिसी हो ।

नगद हस्तान्तरण कार्यक्रममा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ कवि फुयाँल, एजेन्सी विजनेश प्रमुख कर्मराज पौडेल, प्रदेश २ का कम्पनीका प्रमुख रविशंकर सरार्फ, हेटौंडा शाखा प्रमुख सुमन घिमिरे, वरिष्ठ एजेन्सी म्यानेजर योग्यराज सापकोटा, मार्केटिङ म्यानेजर केबल बानियाँ लगायतको उपस्थिती रहेको थियो । रकम हस्तान्तरण गर्दै सिइओ फुयाँलले पौडेलको स्वास्थ्य लाभको कामना गर्दै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको धन सरिता जिवन विमा गरेर सेवा उपलब्ध गराउन पाउँदा आफुलाई निकै लागेको बताउर्दै आपतविपतका लागि जिवन विमा गर्न सबैमा आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*