मिष्टर डी को वान जिरो जिरो हिपहप गीत सार्बजनिक (भिडियो सहित)

३० श्रावण २०७८, शनिबार ०८:०९

गायक संदीप बिष्ट(मिष्टर डी) को वान जिरो जिरो बोेलको हिपहप गीत सार्बजनिक भएको छ । शुक्रबार साझ सार्बजनिक भएको गीतलाई १२ घण्टामा ५० हजार दर्शकश्रोताहरुले हेरीसकेका छन् । युवा पुस्तामाझ निकै लोकप्रिय मानिएका गायक बिष्टको गीतले बिग्रदो राजनिति र युवापुस्तालाई झटारो हानिएको छ । शुसिल घिमिरेको संम्पादन रहेको भिडियोमा मिष्टर डी र सुरज दाहाल संयुक्त कथा तथा निर्देशन रहेको छ भने गीतमा गायक बिष्टकै स्वर,संगीत रहेको छ ।
बिरगंजको आशपास खिचिएको छ गीतको भिडियोमा गायक आफैले अभिनय गरेका छन । युवा पुस्ताहरुकै मात्र अभिनय रहेको गीतको भिडियो बलियो बनेको छ । हेटौडाको डिसिने प्रोडक्सन हाउस तथा बि युनिक स्टुडियोमा सम्पादन गरीएको भिडियोलाई शेषा घिमिरे,नितेश तिम्लसिना,समिर तिम्लसिना लगाएतको साथ सहयोग रहेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*