जापानबाट आज ६ लाख डोज खोप आउँदै

७ भाद्र २०७८, सोमबार ०८:१०

काठमाडौं \ जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएकोमध्ये सोमबार बाँकी करिब ६ लाख डोज खोप काठमाडौं आइपुग्दैछ। खोप बिहान साढे ९ बजे कतार एयरवेजको विमानमार्फत आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुगानाले जानकारी दिए।

सोमबार ल्याएपछि जापान सरकारले सहयोग गरेको सबै १६ लाख डोज खोप नै आइपुग्नेछ। यसअघि शनिबार २ लाख डोज खोप ल्याइएको थियो। यस्तै‚  साउन २३ र २४ गते ८ लाख डोज खोप काठमाडौं आइपुगेको थियो।

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख १४ हजार ७४० डोज अस्ट्राजेनेका खोप सहयोग गरेको हो। प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १ करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*