हेटौंडामा ‘गिलासवाद’ निबन्ध संग्रह विमोचन

७ भाद्र २०७८, सोमबार ११:५३

सिधाखबर \ हेटौंडामा सोमबार गाईजात्राको अवसरमा गोविन्द पौडेलको हास्यव्यङय निबन्ध संग्रह कृति गिलासवाद विमोचन भएको छ । सानैदेखि चन्चले स्वभावका कारण हास्यव्यङ्ग्यप्रति रुचि बढेकोले पहिलो कृतिका रुपमा गिलासवाद निबन्ध संग्रह लेखी विमोचन गरिएको हो ।

सिस्नुपानी नेपालका उपाध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा सिस्नुपानी नेपालका सल्लाहकार हास्यव्यङ्ग्य कवि आरसी रिजालको प्रमुख अतिथ्यता रहेको थियो ।

साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले पौडेलको कृति गिलासवादमाथि परिचर्चा तथा टिप्पणी गर्दै समाजको गलत प्रवृति माथी व्यङ्ग्य गरिएको बताएका थिए । आफूलाई पात्रको रुपमा प्रस्तुत गर्दै व्यङ्ग्य शैलीमा समाजका प्रशासनदेखि विकृति र विसङ्ति माथी बेजोड रुपमा व्यङ्ग्य प्रहार गरीएको छ ।

कार्यक्रममा साहित्य क्षेत्रका रामचन्द्र फुर्सदी, तुलसी घिमिरे, मुक्तिगोविन्द वैद्य, देवराज खरेल, रमेशमोहन अधिकारी, माधव पोख्रेल, सुवास खनाल, अनिता न्यौपाने, सिएम रिमाल लगायतको उपस्थिति रहेको थियो ।

मकवानपुरको साविक कालिकाटार गाविस हाल कैलाश गाउँपालिका वडा नम्बर ४ मा जन्मिएका पौडेल मनहरी गाउँपालिकाको रोटरी राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापकको रुपमा कार्यरत छन् । उनको गिलासवाद निवन्ध संग्रहमा १७ वटा निबन्ध समाबेश गरिएको र कृतिको मुल्य १५० रुपैया रहेको लेखक पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*