कलाकार निशा घिमिरेको निधन

१७ भाद्र २०७८, बिहीबार ०८:५९

काठमाडौं \ नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । अस्पतालका अनुसार उहाँको बुधबार साँझ ६ः५१ बजे निधन भएको हो । लामो समयदेखि नर्भिकमा उपचाररत घिमिरेको मुटु र मिर्गौलाले काम गर्न छोडेको अस्पतालले जनाएको छ । मंगलबारमात्र अस्पतालले पत्रकार सम्मेलन गर्दै उहाँको अवस्था स्थिर रहेको जनाएको थियो । उहाँलाई अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो ।

उहाँका पिता प्रेम घिमिरेका अनुसार निशालाई पाइपको सहायताले झोलिय खानेकुरा खुवाइँदै आएको थियो । तीन वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुग्नुभएकी उहाँ त्यसको डेढ महिनामा नै दुर्घटनामा पर्नुभएको थियो । त्यहाँ प्रारम्भिक उपचार पछि उहाँलाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो । तीज गीतको भिडियोबाट मोडलिङ सुरु गर्नुभएकी निशाले झण्डै तीन दर्जन हाराहारीमा भिडियोमा अभिनय गर्नुभएको छ । उहाँले चलचित्र ‘मधेशीपूत्र २’ र टेलिचलचित्र ‘डियर जिन्दगी’मा अभिनय गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*