उपत्यकामा खुलेनन् फिल्म हल

१७ भाद्र २०७८, बिहीबार १६:०८

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबारदेखि उपत्यकाको हल खोल्न दिने निर्णय बुधबार गर्यो । प्रशासनको निर्णयले फिल्म क्षेत्रमा उत्साह थपिएको थियो । करिब ४ महिनादेखि बन्द रहेको हल बिहीबारबाटै आफुहरुले खोल्ने चलचित्र संघका महासचिव अशोक शर्माले बताएका थिए । तर बिहीबार भने उपत्यकामा कुनै पनि हल खुलेका छैनन् ।

प्रशासनले अनुमति भएपनि बिहीबार आफुहरु हल खोल्न असमर्थ रहेको चलचित्र संघका महासचिव अशोक शर्माले बताए । ‘लामो समयदेखि बन्द रहेको हलको सफाई, प्राविधिक चेकजाँच लगायतको टेक्निकल समस्याले आज फिल्म रिलिज हुन सकेन’ शर्माले भने, ‘अझै केही दिन यस्तो समस्या रहन्छ । त्यसपछि हल खुल्छ ।’ सबै प्राविधिक व्यवस्था मिलाएर एक साताभित्र सबै हल खुल्ने उनले अनुमान लगाए ‘हल खुलेपनि सुरुमा नयाँ फिल्म लाग्दैन’ शर्माले थपे, ‘पुरानो फिल्म रिलिजबाट दशै सम्ममा नयाँ फिल्म रिलिज गर्ने माहोल बनाउँछौ ।’ शर्मा पुरानो फिल्म रिलिजका लागि भने समस्या नरहेको खुलाए । थपे, ‘फिल्मको कारणले भन्दा हलकै कारणले आज नखुलेको हो । पुरानो फिल्मको समस्या भने छैन ।’

‘हल खुलेपनि सुरुमा नयाँ फिल्म लाग्दैन’ शर्माले थपे, ‘पुरानो फिल्म रिलिजबाट दशै सम्ममा नयाँ फिल्म रिलिज गर्ने माहोल बनाउँछौ ।’ शर्मा पुरानो फिल्म रिलिजका लागि भने समस्या नरहेको खुलाए । थपे, ‘फिल्मको कारणले भन्दा हलकै कारणले आज नखुलेको हो । पुरानो फिल्मको समस्या भने छैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*