अमेरिकाको टेक्ससमा गर्भपतनको बेग्लै कानुन : कस्ता महिला सबैभन्दा ठूलो मारमा पर्लान् ?

२१ भाद्र २०७८, सोमबार १०:३०

बुधबारदेखि अमेरिकाको टेक्सस राज्यमा गर्भपतनसम्बन्धी नयाँ कानुन लागू भयो । जसअनुसार गर्भ बसेको ६ हप्तापछि गर्भपतन गराउन पाइने छैन । सन् १९७३ मा  त्यहाँको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी एउटा अधिकार स्थापित गरेको भए पनि टेक्सस राज्यले भने सङ्घीय सरकारको भन्दा फरक र अति कडा कानुन कार्यान्वयनमा ल्याएको छ ।

अन्य राज्यहरूले पनि यस्तै कानुन पारित गरेका छन् । तर, यी मापदण्डले कानुनी चुनौती सामना गर्नुपरेको छ  । टेक्सस कानुन यसमध्ये कार्यान्वयन हुने पहिलो हो । अमेरिकी सर्वोच्च अदालतले बुधबार मध्यरातअघि नै यो कानुनमा रोक लगाउन अस्वीकार गरेको थियो । जुन शैलीले टेक्ससको कानुन लेखिएको छ, त्यस आधारमा हेर्दा यसलाई सर्वोच्च अदालतमा चुनौती दिन पनि मुस्किल पर्न सक्छ । टेक्सस राज्यस्थित गुटम्याचर इन्स्टिच्युटकी स्टेट पोलिसी एनालिस्ट एलिजावेथ नासले यसलाई असंवैधानिक बताएकी छिन्  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*