चेपाङ्ग समुदायको कथामा अस्तित्वको लडाई शुभ साइत ! तिहारपछि छायांकन सुरु हुने

२५ भाद्र २०७८, शुक्रबार १५:४०

चलचित्र अस्तित्वको लडाईको शुभ साइत गरिएको छ । मकवानपुरको राक्सिराङ गाँउपालीका चैनपुरमा एक भव्य समारोहका बीच चलचित्रको मुहूर्त गरीएको हो । चलचित्रलाई गोविन्द गौतमले निर्देशन गर्दैछन् । निर्देशक गौतमले यसअघि चलचित्र सिन्दुर,सौभाग्य,बिरासत,चर्खा लगाएतका चलचित्र निर्देशन गरीसकेकाछन् । उनले निर्देशन गरेको चलचित्र चर्खा निर्माणको लामो समय बितिसकदा पनि प्रर्दशन हुन सकेको छैन । चलचित्र अस्तित्वको लडाईको कथा पनि निर्देशक गौतम आफैले लेखेका हुन् ।

चलचित्रलाई नेपाल चेपाङ्ग समाजले निर्माण गर्ने लागेको हो भने निर्माणमा सरीता ढुंगानाको पनि लगानी रहने बताईएको छ । चलचित्रमा प्रशान्त तामाङ,सुनील थापा र सम्पदा बानियाँको मुख्य भूमिका रहने बताईएको छ । चेपाङ्ग समुदायको कथामा बन्न लागेको चलचित्रको तिहारपछि छायांकन सुरु हुने कार्यकारी निर्माता सुवास काफ्लेले बताएकाछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*