नेपालले ओमानसँग पहिले ब्याटिङ गर्दै

२९ भाद्र २०७८, मंगलवार १६:१५

काठमाण्डाै \ आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पुरुष क्रिकेट टोलीले ओमानसँगको खेलमा टस जितेको छ ।

टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । अहिले सवार ४ मा ओमानको अल अमिरात क्रिकेट मैदानमा यी दुईबीचको खेल सुरु हुनेछ ।  नेपालले आजको खेलमा हिजो अमेरिकासँगको खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । हिजो अमेरिकालाई हराएको नेपाल आजको खेलमा उच्च मनोबलका साथ प्रस्तुत हुनेछ ।

लिगमा नेपाल पाँच खेलमा ६ अङ्क जोडर छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । प्रतियाेगिताअन्तर्गत नेपालले तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*