मकवानपुरका एक वडा सदस्यको निधन

३१ भाद्र २०७८, बिहीबार १८:१०

हेटौंडा \ मकवानपुरका एक जनप्रतिनिधिको निधन भएको छ । थाहा नगरपलिका वडा नंबर १ का वडा सदस्य सुन्दर प्रधानको ट्रक दुर्घटनामा निधन भएको हो । गएराति त्रिभुवन राजपथको पालुङ नौबिसे सडक खण्डमा भएको दुर्घटनामा वडा सदस्य प्रधानको मृत्यु भएको थाहानगर १ का वडा अध्यक्ष हेरमान गोपालीले बताएका छन् ।

पालुङबाट काठमाण्डौ जाँदै गरेको तरकारी बोकेको ना ५ ख ८६४२ नंबरको ट्रक गएराति धादिङको थाक्रे ८ सोप्याङ खोलामा सडकबाट करिब ७० मिटर तल खसेको धादिङ प्रहरीले जनाएको छ ।

ट्रकमा सवार प्रधानको गएरातिनै मृत्यु भएको हो । ट्रकका चालक प्रमोद अर्याल भने सामान्य घाईते भएको प्रहरीले जनाएको छ । वडा सदस्य प्रदान नेकपा माओवादीबाट निर्वाचित वडा सदस्य हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*