साहित्य संगमको शुभकामना तथा रचना वाचन

२३ आश्विन २०७८, शनिबार १३:२६

सिधाखबर  \ साहित्य संगम मकवानपुरले शनिबार विजया दशमी, दीपावली तथा छठपर्वको शुभकमना आदान प्रदान तथा रचना बाचन कार्यक्रमको आयोजना गरेको छ ।

संगमका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो ।

शुभकामना आदानप्रदान संगै साहित्यिक व्यक्तिहरुले गजल, कविता र मुक्तक बाचन गरेका थिए । कार्यक्रममा संगमका निवर्तमान अध्यक्ष निमेष निखिल, पूर्व अध्यक्ष सुवास खनाल, झरना साहित्य परिवारका अध्यक्ष दीपक गौतम, उपाध्यक्ष विश्वनाथ संजेल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, गजल मञ्ज मकवानपुरका अध्यक्ष देवराज तिवारी, जेसिआई हेटौंडा लेडीका अध्यक्ष प्रतिमा श्रेष्ठ, संगमका उपाध्यक्ष सानु खनाल, सचिव डिवी बर्तौला लगायत मकवानपुरका साहित्यप्रेमीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*