उद्योगमन्त्री हमालले दिए राजीनामा, प्रधानमन्त्री देउवालाई बुझाए पत्र

२४ आश्विन २०७८, आईतवार १४:२५

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै चौतर्फी विरोध भएपछि उद्योगमन्त्री बनेको तीन दिनमै हमालले आइतबार बिहान राजीनामा दिएका हुन् । बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर हमालले राजीनामा पत्र बुझाएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

हमालले आफू इमानको राजनीति गर्ने मान्छे भएकाले राजीनामा दिएर सरकारबाट बाहिरिएको बताए । ‘म इमान र निष्ठाको राजनीति गर्ने मान्छे भएकाले मन्त्री नहुँदा पनि केही फरक पर्दैन । त्यसैले प्रधानमन्त्री देउवाजीलाई भेटेर राजीनामा बुझाएको हुँ,’ उनले भने ।

हमालले आफूलाई नेताहरूले राजीनामा नदिन सुझाए पनि आफूले स्वविकेकले निर्णय लिएको बताए । ‘नेताहरूले मलाई राजीनामा नदिनुस् भन्नु भएको थियो । तर, निष्ठाको राजनीति गर्नेलाई पद नभए पनि हुन्छ भन्ने सोचेर यो निर्णय लिएको हुँ,’ उनले भने ।

गैरसांसद हमाल २२ असोज शुक्रबार साँझ कांग्रेसको कोटामा उद्योगमन्त्री बनेका थिए । बाँके पूर्वसभापति समेत रहेका हमाल नाताले प्रधानन्याधीश राणाका जेठान हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*