स्वास्थ्यमन्त्री खतिवडा गृहजिल्ला मकवानपुरमा

२५ आश्विन २०७८, सोमबार ०७:३४

सिधाखबर  \ नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा गृह जिल्ला मकवानपुर आइपुग्नु भएको छ ।

हेटौँडास्थित निवासमा उहाँ आइतबार साँझ आइपुग्नु भएको हो ।

आज सोमबार बिहान नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी मकवानपुरले आयोजना गर्ने विजयादशमी शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा उपस्थित हुनुभएको छ । पार्टीको स्थायी कमिटी सदस्य समेत रहनु भएका खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त हुनु भएको थियो ।

उहाँ मकवानपुरमै दोस्रो र कम्युनिष्टतर्फ मकवानपुरकै पहिलो मन्त्रीको रुपमा नाम नाम लेखाउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*