मुगुमा बस दुर्घटना हुँदा २३ जनाकाे ज्यान गयाे

२६ आश्विन २०७८, मंगलवार १७:०१

मुगु \  मुगुमा बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको छ ।

नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । दशैँमा घर जाने यात्रु बोकेको बस सडकबाट निकै तल खसेकाे प्रमुख जिल्ला अधिकारी महतको भनाइ छ ।

अहिले प्रमुख जिल्ला अधिकारी महत र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ । घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर घटनास्थलतर्फ गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*