दशैंमा थ्रेसर प्रयोग गरी धान भित्र्याउदै किसान (तस्विरमा)

२७ आश्विन २०७८, बुधबार १५:०७

सिधाखबर \ सबैतिर दसैंको चहल पहल बढिरहेको बेला किसानहरु भने धान काट्ने र थ्रेसर लगाई धान भित्र्याउने चटारोमा रहेका छन् ।
दसैं एकाआपसमा परिवारका सदस्य आफन्तजन जमघट भएर खुसीयाली मनाउने पर्व हो, तर यो दसैँमा अधिकांश किसानलाई धान काट्न र चुट्न वा थ्रेसर लगाउत ठिक्क छ । अहिले घर—घरमा दसैँ लागेको छ ।

असारमा रोपेको धान असोजको अन्तिम देखी कार्तिकको दोस्रो हप्ता सम्ममा धान काटेर थेसर लगाई भित्र्याउने गर्दछन् । दसैं सँगै धान काट्ने अनि सुकाउने समय पुरा भएपछि थ्रेसर लगाउने गरेका छन् । मकवानपुरगढी गाउँपालिका सहित हेटौंडा, मनहरी, बकैया, बागमतीका विभिन्न स्थानहरुमा हाइव्रेड धान लगाएका किसान यतिखेर धान काट्न व्यस्त छन् ।

केहि स्थानमा भने थ्रेसर लगाइ वर्षभरी खाने धान भित्र्याउदैं छन् । मानो रोपेर मुरि फलाउने धान खेतीमा पछिल्लो समय प्रविधिको विकास सँगै मानिसले चुट्ने र कुन्यौ लगाई पछि दाँइ गर्ने प्रचलन हराउदैं गएको छ । अहिले थ्रेसर मेसिन प्रयोग गरी धान चुट्ने गरिएको पाइन्छ । थ्रेसर प्रयोग गरी मकवानपुरगढी ५ का किसानले धान चुटिरहेका केहि तस्विरहरु यस्ता छन् ।

तस्विरः श्रीराम अर्जुन

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*