पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव गरे नेता जम्कट्टेलले सभामा

४ कार्तिक २०७८, बिहीबार १७:१३

सिधाखबर  \ बागमती प्रदेशको अबको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे रहेको प्रस्ताव प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले सभामा जानकारी दिएका छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिए पछि दलको तर्फबाट बोल्दै नेता जम्कट्टेलले पाण्डे अबको मुख्यमन्त्री बन्ने गठबन्धनको सहमती रहेको बताएका हुन् ।

उनले अहिलेको सरकारका मन्त्रीहरुमा पिडाबोध जस्तो महशुस भएको र मुख्यमन्त्रीमा पनि उर्जा नभएको जस्तो भान भएको बताएका थिए । सभामा बोल्दै नेता जम्कट्टेलले संसदको बैठक सार्न सत्तापक्षले सभामुख र सचिवालयलाई आग्रह गर्न पाइन्छ तर यही मितिमा गर भन्दै पत्र पठाउनु त्यो घमण्ड र दम्भ गरिएको देखिन्छ । त्यसप्रति हाम्रो दलको आपत्ति रहेको बताए ।

विश्वासको मत प्रक्रियामा रहेकोले हाम्रो दलको तर्फबाट मत नजाने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*