एमाले मकवानपुरगढी-३ का अध्यक्षसहित ६ जना कांग्रेस प्रवेश

५ कार्तिक २०७८, शुक्रबार ०७:३८

हेटौंडा \  नेकपा एमाले मकवानपुरगढी वडा नम्बर ३ का अध्यक्षसहित ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमालेका गढी-३ का अध्यक्ष शत्रुघन दुलालसहित ६ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेमा दुलालसहित एमालेका वडा सदस्य कृष्णप्रसाद घिमिरे, समाजसेवी रेवतीप्रसद चौलागाई लगायत रहेका छन् ।

उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले स्वागत गरेका छन् । नेता बानियाँले कम्युनिष्टबाट देशको शासन व्यवस्था र विकास सम्भव नभएकाले कांग्रेसमा प्रवेश गर्ने क्रम बढेको बताउँदै कांग्रेसको सदस्यता लिएकाहरुलाई उचित सम्मान गर्ने बताए ।

कार्यक्रममा क्षेत्र नम्बर २ का संघीय सभापति यतिराज सापकोटा, १ का सचिव सुवातसिं थिङ, युवा नेताहरु राजु गौतम, इन्द्रप्रसाद चौलागाई, सागर तिमल्सिना, विश्वराज न्यौपाने लगायत सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*