चर्चित सेलिब्रेटीहरुको साथमा हेटौडामा साँस्कृतिक विभागको शुभकामना

१४ कार्तिक २०७८, आईतवार १६:३०

सिधाखबर  \ चर्चित सेलिब्रेटीहरुको उपस्थितीमा हेटौडामा नेपाली कांग्रेस साँस्कृतिक विभागको शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । कात्तिक १७ गते बुधबार  हेटौडामा वरिष्ठ कलाकार नीर शाह, गायक सुगम पोखरेल, कृष्ण काफले,लोक गायिका राधिका हमाल तथा हाँस्यकलाकार शिवशंकर रिजाल आउनुहुने भएको छ ।

दीपावली, नेपाल संवत तथा छठपर्वको अवसर पारेर विभागले आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा बृहत चियापान कार्यक्रमका लागी कलाकारहरु हेटौडा आउने कार्यक्रम रहेको साँस्कृतिक विभाग मकवानपुरका प्रमुख शुसान्त कुमार श्रेष्ठले बताए ।

शुभकामना आदानप्रदान तथा बृहत चियापान कार्यक्रममा कलाकारहरुले आफनो प्रस्तुती दिने समेत कार्यक्रम संयोजक विजय कार्कीले बताए । उनले लामो समयपछि हेटौडामा कार्यक्रम आयोजना गर्न लागेको बताए ।

हेटौडाको रोयल पार्टी प्यालेसमा १७ गते  ११ बजे देखी हुने कार्यक्रममा युवापुस्ता माझ चर्चा कमाएका गायक गायिकाहरुको सहभागीताले कार्यक्रम भव्य आर्कषण रहने संयोजक कार्कीले बताए । नेपाली कांग्रेस मकवानपुरको साँस्कृतिक संघका अध्यक्ष सुजन श्रेठले कार्यक्रमको सम्पुर्ण तयारी भैसकेको बताएका छन् । कार्यक्रमलाई कोभिड १९ का कारण भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाउदै कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना), कांग्रेस संसदीय दलका नेता तथा जिल्ला सभापति इन्द्रबहादुर बानियाँ सहितका नेतागणहरुको उपस्थिती रहने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*