हेटौडामा चलचित्र ‘चोरपुलिस’ प्रदर्शन हुने

१७ कार्तिक २०७८, बुधबार १६:२४

 हेटौडा  \  शुभदिपवाली तथा छठ पर्वको अबसरमा नेपाली कथानक चलचित्र ‘चोरपुलिस’ हेटौडामा बिशेष प्रदर्शन हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलन मार्फत हेटौडाको ओम म्याक्स हलमा यही कार्तिक २५ गतेका दिन बिशेष प्रदर्शन हुने भएको हो। दिउसो १२ बजे र ३ बजे दुई सो गरि चलचित्र प्रदर्शन हुने निर्माता विकास लामा (अजय) ले बताउनु भयो ।

चलचित्रमा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ (हैट), जयनन्द लामा, जयकिशन बस्नेत, जयन्ति बस्नेत, सोभित बस्नेत, सुसिल पोखरेल, रामचन्द्र अधिकारी, सुरबीर पण्डित, सुलेमान शंकर (इकु) लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा आर एल लामाको कथा तथा पटकथा, रामेश्वर हुमागाईको छायांकन, बिकास चौधरीको संगीत, राजु किरातीको द्वन्द, अजय स्याङ्तानको नृत्य निर्देशन, तारा थापा किम्भेको सम्पादन रहेको छ ।

आर सोनाम मुक्तान, लंका माया मुक्तानको निर्माणमा बनेको चलचित्रलाई आर एल लामाले निर्देशन गरेका हुन् । पहिलो पटक हेटौडाबाट बिशेष प्रदर्शन शुरु गरि चलचित्रलाई चाडै नै नियमित प्रदर्शनमा ल्याउने निर्माण युनिटले जनाएको छ ।

पत्रकार सम्मेलनमा चलचित्र निर्माता बिकास लामा (अजय), तामाङ सास्कृतिक घेदुङ मकवानपुरका अध्यक्ष शुक्र लामा (अजय), बिशेष प्रदर्शन युनिटका राजकुमार थिङ र तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तान लगायतकाको आतिथ्यता रहेको थियो । चलचित्र प्रदर्शन युनिटको टिकटका लागि नविन राना, जीवन लामा, सुदिप लामा, बुद्ध लामा र लाई सम्पर्क गर्न निर्माता विकास लामा (अजय) ले अनुरोध गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*