देवकोटा जयन्तीमा रेडियो थाहासञ्चारद्धारा कवि सम्मेलन

१८ कार्तिक २०७८, बिहीबार ११:२२

सिधाखबर  \ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औ जन्मजयन्तीको अवसरमा रेडियो थाहा सञ्चार हेटौंडा ९९.६ मेघाहर्जले कवि सम्मेलनको आयोजना गरेको छ ।

हरेक वर्ष जस्तै रेडियो थाहा सञ्चारले यस वर्ष पनि देवकोटा जयन्तीको अवसरमा कवि सम्मेलनको आयोजना गरेको हो । कवि सम्मेलनमा मकवानपुरको २६ जना साहित्यकर्मिहरुले गजल तथा कविता लगायतको आ–आफ्नो रचना वाचन गरेका थिए ।

रेडियोले देवकोटा जयन्तीको अवसरमा आयोजित कवि सम्मेलनमा रेडियोको संस्थापक स्टेशन म्यानेजर शीव तिवारीलाई सम्मान समेत गरेको छ । हाल तिवारी बेलायत बस्दै आइरहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथ्यता गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सर्जगहरुले साहित्यबाट समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले साहित्यको विकासमा रेडियोले सञ्चारमाध्यमको तर्फबाट भुमिका खेलेकोमा धन्यवाद दिएका थिए ।
पाण्डेले महाकवि देवकोटाको जन्मजयन्तीमा रेडियो थाहा सञ्चारले गर्दै आएको कवि सम्मेलनले निरन्तरता पाओस् भन्ने शुभकामना दिएका थिए ।

May be an image of 6 people, including Shiva Tiwari and Nimesh Nikhil, people standing and text that says '993 औ देवकोटा जयन्ती को अवसरमा आ वि सम DADE TY'

कार्यक्रमको सभाध्यक्ष रेडियो थाहासञ्चारको सन्चालक अरुणराज सुमार्गीले मकवानपुर साहित्यको लागि उर्वर भुमि रहेको बताए । उनले मकवानपुरको साहित्य राष्ट्रिय क्षेत्रमा नै गुन्जिरहेको बताए । मकवानपुरको साहित्यको विकासमा देवकोटा जयन्तीको अवसरमा रेडियोले उर्जा थप्नको लागि कवि सम्मेलन गर्दै आएको उनले बताए ।

कार्यक्रमा हयग्रिव आचार्य , कवि तथा समालोचक निमेष निखिल , मातृभुमिको सम्पादक देवराज खरेल, समालोचक घनश्याम घिमिरे, साहित्य सङ्गम मकवानपुरको अध्यक्ष अनिता न्यौपाने , मातृभूमि साहित्य समाजको अध्यक्ष माधव पोख्रेल, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, लेखक संघ मकवानपुरको अध्यक्ष छवि अनित्य, प्रलेस मकवानपुरको अध्यक्ष शान्ति प्रियवन्दना लगायत साहित्यकर्मीहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कविहरु पुरुषोत्तम आचार्य, एस लामा र केशव समर्पण लगायतले रचना वाचन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*