सुदर्शनको ‘राजा’ मा राज कटुवाल मुख्य नायक

१९ कार्तिक २०७८, शुक्रबार ११:१८

चलचित्र बिकाश बोर्डका सदस्य एबं कलाकार राज कटुवाल चलचित्र ‘राजा’ मार्फत पुन मुख्य भुमिकामा पर्दामा आउने भएकाछन् । भर्खरमात्र बिबाह बन्धनमा बाधिएका निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने एक्सनप्रधान चलचित्र ‘राजा’मा राज प्रमुख भुमिकामा देखिन लागेका हुन ।

नायिका बर्षा सिवाकोटी संगको प्रेम सम्बन्धका कारण चलचित्र नगरीमा पछिल्लो समय निकै चर्चामा रहेका राजले एक दशक अघि निर्माण भएको चलचित्र सम्बन्धबाट अभिनयमा डेब्यु गरेका थिए । राज पछिल्लो एक दशक देखी काठमाण्डौमा कलाकारीता गरीरहेका छन् ।राजले चलचित्र लालटिन्,लिला,संरक्षण लगाएतका चलचित्रका साथै धेरै म्युजिक भिडियोहरुमा पनि अभिनय गरिसकेका छन् ।

लभ स्टोरी कथामा चलचित्र बनाउन माहिर मानिएका निर्देशक सुर्दशनले राजलाई ‘राजा’मा एक्सन भुमिकामा देखाउदैछन् । चलचित्र ‘राजा’लाई परशुराम बस्नेतले निर्माण गर्ने भएका छन् । चलचित्रमा नायक राज मुख्य भूमिका रहनेछन भने अन्य कलाकार चयन हुन बाकी रहेको बताईएको छ । चलचित्रको कथा शिवम् अधिकारीले लेखिरहेका छन् ।

निर्देशक थापाले लक्ष्मीपूजाको अवसर पारेर चलचित्रको नाम सार्वजनिक गरेका थिए ।
चलचित्रको छायांकन माघबाट शुरु गर्ने योजना निर्माणपक्षको रहेको छ । राजले ‘राजा’मार्फत नयाँ अभिनय दर्शकले हेर्न पाउने बताएकाछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*