क्षेत्र २ को सभापतिमा मुक्तान विजयी

७ मंसिर २०७८, मंगलवार १९:०४

सिधाखबर  \ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतपरिणाम आएको छ ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापतिमा लोक मुक्तान विजयी भएका छन् । उनले ईश्वरनाथ पौडेललाई भारी मतले पराजित गराएका छन् । सभापति मुक्तानले ६२० मत प्राप्त गर्दा पौडेलले भने ३५३ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिवमा थल बहादुर थापा (सन्तोष), बलराम घिमिरे विजयी भएका छन् । थल बहादुर थापाले ५२७, बलराम घिमिरेले ४६२ मत ल्याएर विजयी भएका हुन् । रमेशकुमार थिङले ३४४ र रामकुमार ब्लोनले ३७७ मत ल्याएर पराजित हुन पुगेका छन् ।

सहसचिवमा भने विनोद थापा र चुन्दरी माया थिङ निर्विरोध भएका थिए । अन्य सदस्यहरुमा पनि सबै निर्विरोध भएका हुन् ।
यस क्षेत्रमा १०९२ जना मतदाता मध्ये १०४२ मत खसेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*