मकवानपुरको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने

८ मंसिर २०७८, बुधबार १७:२५

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने भएको छ ।

मंसिर ६ गते मात्रै संघको क्षेत्रीय अधिवेशन सम्पन्न भएको र बागमती प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हेटौंडामा नै गर्नुपर्ने भएकाले जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने भएको हो ।

हेटौंडामा बुधबार पत्रकार सम्मेलन गर्दै मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले भर्खरै जिल्लामा संघीय अधिवेशनको चटारो सकिन नपाउँदै बागमती प्रदेश अधिवेशनको तयारी गर्नुपर्ने भएकाले जिल्ला पदाधिकारी र सल्लाहकारसहितको बैठकले सर्वसम्मत निर्णय गरेको बताए ।

उनले जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्न निर्वाचन अधिकृत समक्ष अनुरोध गरेको समेत जानकारी दिए । उनले बागमती प्रदेश अधिवेशनलाई व्यवस्थित गर्न सबै किसिमको तयारीमा जुट्न पनि सबै नेता कार्यकर्तालाई अनुरोध गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*