मकवानपुरगढी गाउँपालिकामा थप सवा करोड राजश्व संकलन हुने

८ मंसिर २०७८, बुधबार १९:१८

सिधाखबर  \ मकवानपुरगढी गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननबाट थप सवा करोड राजश्व उठाउने भएको छ । तोकिएको भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गर्दा थप २८ हजार घनमिटर नदीजन्य पदार्थ संकलन भएको पाइएपछि गाउँपालिकाले थप राजश्व पनि संकलन गर्न सफल हुने भएको हो ।

जिल्ला विपद व्यवस्थापन समितिने एक लाख २५ हजार घनमिटिर नदिजन्य पदार्थ उत्खनन गर्नको स्वीकृत दिएको थियो । उत्खनन सम्पन्न पछि नाप जाँच गर्ने क्रममा मापदण्ड अनुसार नियुक्ति भएका कर्मचारी तथा स्ंवम सेवकहरुले ट्रिपको आधारमा दिएको हिसाब अनुसार १ लाख ३५ हजार घन मिटर उत्खनन भएको प्रतिवेदनमा उल्लेख भएको छ ।

कार्यपालिकाको निर्णय अनुरुप विक्री वितरण सुरु गरिएको थियो । सोही क्रममा नेपाली कांग्रेस र भातृ संगठन नेपाल तरुणले उत्खनन परिणाममा शंका लागेपछि यर्थाथ विवरण सार्वजानिक गर्न माग गरे पछि अनुगमन समिति गठन पारी अनुगमन गर्दा १ लाख ६३ हजार ८ सय ७४ घन मिटर नदिजन्य पदार्थ उत्खनन भएको पाइएको थियो । जुन फरक परिणाम २८ हजार ८७४ हुन पुगेको थियो । जुन परिणाम बिक्रि मुल्य उत्खनन् सहित १ करोड २२ लाख १८ हजार ५ सय ९२ रुपैयाँ रहने गाउपालिकाका प्रवक्ता भावगत घिमिरेले बताए । जुन रकम गाउँपालिकाको थप राजस्व रकम प्राप्त हुन आएको छ ।

बस्ती जोगाउनका निम्ति उत्खनन् गरिएको नदीजन्य पदार्थ खोला क्षेत्रमै घाट गद्दी गरेर राखिएको थियो । उक्त घाट गद्दी गर्दा ज्यालादारी कर्मचारीले बढी उत्खनन् गरेको र यसलाई नेपाली कांग्रेस र तरुण दलले चासो देखाएपछि गाउँपालिकाले कदम अगाडि बढाएको थियो । गाउँपालिकाका अनुसार नदीजन्य पदार्थ उत्खनन्मा खटिएका ज्यालादारीका कामदार र स्वयंमसेवकले प्रतिटिपको आधारमा गाउँपालिकालाई हिसाब बुझाएको पाइएको छ ।

हिसाबमा उनीहरुले १ लाख ३५ हजार घनमिटर नदीजन्य पदार्थ रहेको भन्ने प्रतिवेदन दिएको प्रवक्ता घिमिरेले बताए ।
खोलामा नदीजन्य पदार्थ थुपारेर राखिएपनि ६ नम्बर वडाको झोलुङ्गे पुलमा भनिएको भन्दा बढी परिणाम पाइएपछि अन्य थुप्रोमा पनि त्यस्तै बढी छ कि भन्ने शंकाले गाउँपालिकालाई थप अनुगमन गरी सत्यतथ्य विवरणको माग गरिएको थियो ।

प्रवक्ता घिमिरेले गुमेको राजश्व उठाउन भूमिका खेलेकोमा नेपाली कांग्रेस, तरुण दल लगायत अन्य राजनीतिक दललाई धन्यवाद दिएका थिए । २ नम्बर वडाका वडाअध्यक्ष बखान सिं पाख्रिनले आगामी दिनमा गाउँपालिकाले गम्भिर भएर नदीजन्य पदार्थ उत्खनन् गर्नेतर्फ सचेत गराइएको बताएका छन् ।

संकलित नदिजन्य पदार्थ विक्री गर्न ठेक्का लगाइ सकेको जनाइएको छ । कार्यक्रममा वडा ५ का अध्यक्ष जीत बहादुर घिमिरे, प्रमुख प्रकाशकीय अधिकृत रामकुमार पुडासैनी, सुचना अधिकारी रामकुमार घलान लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*