राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

१९ मंसिर २०७८, आईतवार ०८:१०

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् ।

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*