थापाद्वारा हार स्वीकार, ‍चुनावमा निर्मल निवासले हस्तक्षेप गरेकाे आराेप

१९ मंसिर २०७८, आईतवार ०८:३४

काठमाण्डाै \  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कमल थापाले चुनावमा आफू पराजित भएको स्वीकार गर्नु भएको छ ।

आइतवार बिहान सकिएको मतगणनामा प्रतिस्पर्धी राजेन्द्र लिङ्देन अध्यक्षमा चुनिएसँगै उहाँले हार स्वीकार गर्नु भएको हो ।

सामाजिक सञ्जालमार्फत थापाले हार स्वीकार गर्दै लिङ्देनलाई बधाई तथा शुभकामना दिनु भएको छ ।

उहाँले लेख्नु भएको छ :  ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’ ​

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*