चलचित्र ‘आकासे खेती’ को फष्टलुक सार्वजनिक

८ पुष २०७८, बिहीबार १४:५२

चलचित्र ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २७ गते रिलिज मिति तोक्दै चलचित्रले प्रचारप्रसारको पहिलो सामग्रीको रुपमा दुई पोस्टर बाहिर ल्याएको हो ।चलचित्रका निर्देशक उदय सुब्बा हुन् ।

गौरव पहारी, विल्सन बिक्रम राई ‘तक्के बुढा’, बुद्धि तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर बाङ्देल लगायतको मुख्य भूमिका चलचित्रमा छ । चलचित्रको फष्टलुकमा पनि यी नै कलाकारले प्रथामिकता पाएका छन् ।

युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिबब्तीयन शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८ औं चलचित्र हो । यस अगाडि सुब्बाले थुप्रै सफल चलचित्र दिएका छन् । केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दीलप्रकाश याक्सो निर्माता रहेको चलचित्रको कथा निर्देशक आफैले तयार पारेका हुन् । चलचित्रको सम्वाद भने कलाकार विल्सन बिक्रम राई ‘तक्के बुढा’ ले लेखेका हुन् ।

एसएस इन्टरनेशनल फिल्मस् र ताक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा बिक्रम डिसीको छायाङ्कन, सुजन बडालको सम्पादन, राजु किराँतीको द्वन्द्व, रामजी लामिछाने र राजीवको नृत्य, विकास चौधरी र बादल लिब्बुको संगीत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*