दिवाकरको निर्देशनमा ‘हनी बनी’ बन्ने

१२ पुष २०७८, सोमबार ०९:२२

दिवाकर भट्टराईको निर्देशनमा चलचित्र ‘हनी बनी’ निर्माण हुने भएको छ । क्रिसमसको अवसर पारेर निर्माण घोषणा भएको चलचित्र एबी इन्टरनेशलले निर्माण गर्न लागेको हो । एबी इन्टरनेशलले यस अगाडि ‘पासवर्ड’, ‘सम्हालिन्छ कहिले मन’ लगायत निर्माण गरेको थियो ।

दिवाकारले भने यस अगाडि ‘क्याप्टेन, ऐश्वर्य’ लगायतका चलचित्र निर्देशन गरेका छन् । सम्पूर्ण छायाङ्कन यूकेमा हुने चलचित्रका लागि कलाकारको छनोट भइसकेको छैन । अडिसनबाट कलाकार छान्ने तयारीमा निर्माण टिम छ ।

एबी इन्टरनेशलसँग चलचित्र निर्माणका लागि गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गर्नेछ । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अङ्कित गौतम रहेनछन् ।

लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको लागत ७ करोड बताइएको छ । नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन उद्देश्यले यो चलचित्रमा धेरै लगानी गर्न लागेको निर्माता अमित बस्नेतले बताए ।

निर्देशक दिवाकरले चलचित्र अलि अगाडि गर्ने तयारी गरिएको भए पनि कोरोनाको कारण ढिलाइ भएको बताए ।  दिवाकारले यस अगाडि आफैले निर्माण गर्ने फिल्म ‘तिमीसँगै हुने मन छ’ पनि घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*