रोटड्याम फिल्म फेस्टिभलमा छनोट भएको ‘बाघथान’को ट्रेलर सार्वजनिक

२९ पुष २०७८, बिहीबार १७:२०

काठमाडाैं \ विश्वप्रतिष्ठित फिल्म  ‘रोटड्याम फिल्म फेस्टिभल’मा छनोट भएको नेपाली लघु चलचित्र ‘बाघथान’को ट्रेलर सार्वजनिक भएको छ। सुनिल पाण्डेको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलर बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

रामकृष्ण पोखरेलको निर्माणमा बनेको चलचित्रमा चन्द्रबहादुर खत्री, शिशिर भण्डारी, मीना पाण्डे, मनीषा पाण्डे, अमर खत्रीलगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रमा शरद महतोको सिनेमेटोग्राफी, किशोर आचार्यको ध्वनि, कपिल पराजुलीको रंग संयोजन तथा पासाङ दावा शेर्पा र निर्देशक पाण्डेकै सम्पादन रहेको छ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*