
गायक कृष्ण काफ्ले र अस्मिताको आवाजमा सिंहदरबार झ्यालैमा ऐना (भिडियो सहित)

पछिल्लो समय नेपाली संगीतमा चर्चामा रहेका गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको सिंहदरबार झ्यालैमा ऐना बोलको गीत सार्वजनिक भएको छ ।
मोहन थापाको शब्द रचना रहेको गीतको लय सिर्जना गायक काफ्ले स्वयमलेनै गरेका छन् । गीतमा नरेन्द्र वियोगीको एरेन्ज छ भने गायक काफ्लेकै निर्देशनमा भिडियो बनेको छ । भिडियोमा रोशन केसी र शिल्पा पोख्रेरेल फिचर्ड रहेका छन् ।
पुराना गीतहरूमा प्रयोग हुने खालका शब्द र भाकाहरू राखेर बनाइएको यो गीत मौलिक बनेको छ । गीतको अरेन्जमेन्टमा पहिले र अहिले सुन्दा रुचाइने खालको म्युजिक ट्र्याक सुन्न सकिन्छ।
सन्कल भुजेलको छायाङ्कन ,शिशिर खातीको कोरीयोग्राफी र मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई गायक काफ्लेकै आधिकारिक युट्युब च्यानल कृष्ण काफ्लेबाट हेर्न सकिन्छ ।केहीदिन अघि धुलिखेलमा आयोजित डि सिने अवार्डमा गायक काफ्लेले यो बर्षको उत्कृष्ट बेष्ट प्लेब्याक सिगर अवार्ड समेत पाएका थिए ।