
हेटौंडा उपमहानगरपालिकाको १,२,१८ र १९ नम्बर वडाको मतगणना सुरु

हिजो शुक्रबार सम्पन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना अहिले सुरु भएको छ। हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो।
मतगणना ४ वटा कोठामा एकै पटक सुरु गरिएको हेटौंडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन्। वडा नम्बर १,२ वडा नम्बर १९,१८ को एकै पटक मतगणना सुरु गरिएको श्रेष्ठले जानकारी दिएका छन्। मतगणना कडा सुरक्षा घेरामा सुरु गरिएको छ।१लाख ४हजार ४ सय ७३ मतदाता रहेको हेटौंडामा ७३ हजार ४ सय १३ मत खसेको थियो।