
‘छुट्टीएर बस्ने कुरा’ र ‘हे कान्छी’ भिडियो प्रदर्शन

चलचित्र निर्देशक आरएल लामा मोक्तानद्धारा निर्देशीत ‘छुट्टीएर बस्ने कुरा’ र ‘हे कान्छी’ बोलका दुई म्युजिक भिडियो सोमबार राजधानीमा प्रदर्शन गरिएको छ । ‘छुट्टीएर बस्ने कुरा’ मंगलबार बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याईएको छ भने ‘हे कान्छी’ असार १ मा सार्वजनीक गरिने छ । ‘आर’ एल्बममा समाबेश ‘छुट्टीएर बस्ने कुरा’ मा श्यामकुमार स्याङ्तानको स्वर,शब्द र बिकास चौधरीको संगीत छ । भिडियोमा सोभित बस्नेत,श्यामकुमार स्याङ्तान,सुइन्जा सुनाम र शंकर कोइरालाले अभिनय गरेका छन् । सन्जु थोकरले खिचेको भिडियोको प्रस्तुतकर्ता खड्ग मोक्तान,सहनिर्मातामा जीवन लामा तथा निर्मातामा आर.सोनाम लामा,आरएल मोक्तान र श्यामकुमार स्याङ्तान छन् ।
त्यसैगरी,‘हे कान्छी’ मा श्यामकुमार स्याङ्तानका साथमा स्मृति शाहीको स्वर छ । श्यामकुमारकै शब्द रहेको गीत आर एल लामाले लेखेका हुन । चलचित्र बिकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा कलाकारिता क्षेत्रमा लामो समयदेखि योगदान दिदै आएका निर्देशक मदन घिमीरे,रञ्जित राना,सोभित बस्नेत,अभिनेत्री शारदा गिरी,कविता राय,अभिनेता शितल केसी,धर्मेन्द्र आचार्य,रमेश बस्नेतलगायत म्युजीक भिडियोका कलाकार तथा प्राबिधिकलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका बिशिष्ट अथिति रबिन्द्र खड्काले ‘आर’ एल्बमका सबै गीतले दर्शकस्रोताको मन जित्ने बिश्वास ब्यक्त गरे । निर्देशक आरएलले आफ्ना म्युजीक भिडियोमा नेपाली जनजीवनका साथै समाजीक सन्देश रहेको दावी गरे । कार्यक्रमका प्रमुख अथिति राईले निरन्तर रुपमा चलचित्र तथा संगीत क्षेत्रमा क्रियाशील निर्देशक आरएलको कला यात्राको प्रसंसा गर्दै भबिष्यमा अझ कटिबद्ध भइ यो क्षेत्रमा लाग्नु पर्ने धारणा राखे ।