
स्वास्थ्य बिमा बोर्डबाट भुक्तानी लिन हेटौडा आँखा अस्पताललाई सास्ती

स्वास्थ्य बिमा बोर्डले समयमै अस्पताल लाई स्वास्थ्य बिमा बापत भुक्तानी गर्नुपर्ने रकममा ढिलाई गरेपछि हेटौडा सामुदायीक आँखा अस्पताललाई रकम उठाउन सास्ती भएको छ । नेपाल आँखा कार्यक्रम अन्तरगत संचालित हेटौडा सामुदायीक आँखा अस्पतालमा दैनिक ३ सय बिरामीको उपचार भैरहेको छ । यो अस्पतालमा स्वास्थ्य बिमा मार्फत मात्रै दैनिक एक सय पचास जनाले उपचार गराईरहेका छन । लामो समय सम्म बिमाबाट भुक्तानी नभएपछि अहिले हेटौडा सामुदायिक आँखा अस्पताल संचालनमा आर्थीक भार थपिएको अस्पतालका बरिष्ट प्रशासकिय अधिकृत सुधिरभद्ध श्रेष्ठले बताउनु भयो । स्वास्थ्य बिमा बोर्डले किस्ता किस्तामा रकम पठाउने प्रकृयाले आफुहरुलाई अस्पताल संचालनमा समेत अप्ठायारो परेको उनले बताए ।
उनका अनुसार स्वास्थ्य बिमा बोर्ड मार्फत करीब ३ करोड रकम भुक्तानी हुन बाँकी रहेको छ । अस्पतालले नगद खर्च गरेर स्वास्थ्य बिमाका बिरामीहरुको उपचार गराईरहदा बिमामार्फत आउने रकम समयमै आउन नसक्दा अस्पताल संचालनमा समस्या रहेको उनले बताए । स्वास्थ्य बिमा बोर्डबाट रकम निकाश गर्न निकै झंझटिलो बनेको बताउदै उहाँले सरकारलाई यो प्रकृया सहज हुनेगरी लागुगर्न सुझाब दिनु भयो । कागजपत्र प्रोसेसको समस्या, समयमै सफटवेयर नचल्ने समस्या,किस्ता किस्तामा रकम भुक्तानी गर्ने प्रकृयाहरुले स्वास्थ्य बिमा लागु भएका अस्पतालहरुलाई समस्यामा पारेको छ । स्वास्थ्य बिमाले बिरामी चाप बढेपनि बिमाका ५ जना बिरामी जाच गर्दा बिमा नभएका १० जना बिरामी जाँच गर्न सकिने श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार स्वास्थ्य बिमा झंझटिलो हुदै गएको र यसलाई नेपाल सरकारले सरल र सहज बनाउन आग्रह समेत गर्नु भएको छ ।