‘द सिक्रेट अफ राधा’आगामी भदौ १० गते प्रर्दशनमा आउने

२५ जेष्ठ २०७९, बुधबार १६:३७

चलचित्र निर्देशक सुवर्ण थापा निर्देशितचलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति फेरबदल भएको छ । मंगलवार चलचित्र निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ १० गतेलाई नयाँ प्रदर्शन मिति सार्बजनिक गरेको छ । यसअघि भदौ २४ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । चलचित्रको पोस्ट प्रोडक्सनको काम सकिसकेकाले चलचित्रलाई दुई साता अगाडि नै प्रदर्शन गर्न लागिएको निर्देशक थापाले बताएकाछन् । मंगलबार निर्देशक थापाले सार्बजनिक गरेको पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठको चरित्र चित्रण गरिएको छ ।

घाँस काट्ने क्रममा खेतको गरामा बच्चालाई काखमा बोकेर खुशी मुद्रामा देखिएकी उनी चलचित्रमा गाउँको एक विपन्न र एकल आमाको भूमिकामा रहेको बुझन सकिन्छ ।
चलचित्रमा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई निर्देशक थापासँग मिलेर सौगात मल्लले निर्माण गरेका हुन् । चलचित्रमा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । समीक्षात्मक रुपमा अब्बल ठहरिएको चलचित्र ‘सुनगाभा’ले सुर्वणलाई निर्देशनमा स्थापित गरेको थियो । आमाको सम्झनामा ‘राधा’ बनाएको उनले बताएकाछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*