जिसस मकवानपुर:प्रमुखमा घलान र डिम्डुङ, उपप्रमुखमा कांग्रेसको एकल उम्मेदवार

३० जेष्ठ २०७९, सोमबार २०:०७

हेटौंडा \ जिल्ला समन्वय समिति मकवानपुरको असार २ गते हुने निर्वाचन अन्तर्गत प्रमुख पदमा दुईजनाको मनोनयन दर्ता भएको छ। आज तोकिएको मनोनयन कार्य तालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान र  नेकपा एमालेबाट बुद्धिराम डिम्डुङको उम्मेदवारी परेको छ। गठबन्धनका तर्फबाट जिसस प्रमुखमा उम्मेदवारी परेका घलान हेटौंडा-१२ का वडाध्यक्ष हुन भने डिम्डुङ ईन्द्रसरोबर-३ बाट निर्वाचित वडासदस्य हुन।

त्यसैगरी उपप्रमुखमा कांग्रेसबाट मात्र उम्मेदवारी परेको छ।उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुइटेलको उम्मेदवारी दर्ता भएको छ । उनी मनहरी-३ बाट निर्वाचित वडासदस्य हुन।यता उपप्रमुखमा नेकपा एमालेले उम्मेदवारी दर्ता नै गरेको छैन।लुइटेलको दाबी बिरोध नपरे उनी मतदान अघी नै निर्विरोध हुनेछन्

यस्तै महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना,विष्णमाया थपलिया र सुमिता थिङको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट बिना कुमारी थिङ लामाको उम्मेदवारी परेको छ।महिलातर्फ ३ जना सदस्य निर्वाचित हुनेछ । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेको छ ।

खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी र सुवर्ण गोपालीको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट तोयानाथ तिमल्सिनाको उम्मेदवारी दर्ता भएको मकवानपुरका सहायक मतदान अधिकृत सागर शर्माले जानकारी दिएका छन्।

निर्वाचनको कार्य तालिका २ गते विहान १० बजेदेखि दिउँसो २ बजेसम्मको रहेको जनाइएको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडा २ लाई मतदान केन्द्र तोकिएको छ । मकवानपुरका १० वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको सदस्यकाे निर्वाचनमा मतदान गर्न पाउनेछन् ।९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुखसहित ७ सदस्यको लागि मतदान हुनेछ ।

जसमा कांग्रेसको ९, माओवादी केन्द्र ७, नेकपा एमाले ३ र नेकपा(एस)को १ जनप्रतिनिधि रहेका छन्। जिसस नेतृत्वको लागि कांग्रेस,माओवादी केन्द्र  र नेकपा एस विच गठबन्धन रहने बुझिएको छ। यदि गठबन्धन भए जिससमा गठबन्धनले   क्लिन स्वीप गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*