तस्बिरमा बोलिरहेको रामेछापको शैलुङ डाँडा,नाईस टु मिट् यु

३१ जेष्ठ २०७९, मंगलवार १४:५३

तस्बिरमा हाँसीरहेको शैलुङ डाँडालाई नजिकबाट बोलाउने ठुलो रहर थियो । अबसर मिलेको थिएन,मनै देखी शैलुङलाई नियाल्ने धोको पुगेको छ । मनभरी खुसी बोकेर म शैलुङ पुग्दै छु । हुन त म यही शैलुङ भएको जिल्लामा नै जन्मेको हुँ । करीब ३० बर्षपछि आफनो जन्मजिल्ला अर्थात अहिलेत एउटै गाँउपालीका समेत बनिसकेछ । पत्रकारीतामा दुई दशक बिताउदा मैले शैलुङलाई मनमा राखेर एउटा अठोट गरेको थिए शैलुङ एक दिन म अबस्य आउने छु । यो पटक एउटा अदम्य यात्रा गर्ने अबसर मिल्यो । यसका लागी बाममती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयलाई धन्यबाद दिन चाहान्छु ।

त्यहाँ पुग्न थारै कठिन छ र पुगेपछि स्वर्र्गीय आनन्द छ । त्यसैले गन्तब्यको मुल ढोका शैलुङ डाँडामा एकपटक पाईला टेक्नुहोस । बाममती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र प्रचारका लागि भनेर बागमती प्रदेशका करीब २० जना पत्रकारहरुलाई बागमती प्रदेशको पयर्टन क्षेत्रको भ्रमण गराएको थियो । यसमा सहभागीहरु मध्ये एउटा म पनि थिए । गत शुक्रबार देखी सोमबार सम्म गरीएको चार दिने भ्रमणमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका १३ जिल्लाका अध्यक्षहरु लगाएत संचारकर्मीहरुको सहभागीता रहेको थियो । भ्रमणको संयोजन नेपाल पत्रकार महासंघ बागमती प्रदेशले गरेको थियो । भ्रमणटोली पर्यटन क्षेत्र प्रचारका लागि मकवानपुर हुदै सिन्धुली,रामेछाप,दोलखा,सिन्धुपाल्चोक,नुवाकोट हुदै मकवानपुर फर्केको थियो ।

No description available.

रामेछाप र दोलखा जिल्लाको सिमावर्ती क्षेत्र शैलुङको गन्तब्यले मलाई मात्र होईन मेरो अन्य सहयात्रीहरु संचारकर्मीहरुलाई पनि निकै आर्कषित गरेको थियो । भ्रमणमा मन्त्रालयका तर्फबाट रमेश पौडेलले गर्नु भएको संयोजन निकै सराहनिय छ । शैलुङ डाँडा हिन्दू, वुद्ध, बोन आदि सबै धर्मावलम्बीहरुका लागि पवित्र स्थान हो । शैलुङ डाँडामा महादेवको मन्दिर र बौद्ध धर्मावलम्बीको छोर्तेन निर्माण गरिएको छ । करीब ३ हजार २ सय मिटर उचाइमा रहेको यस डाँडामा मालाका लुङजस्तै लहर लहरमा मिलेका १ सय आठ वटा थुम्का रहेका छन यसैले यस्को नाम शैलुङ डाँडा रहन पुग्यो । आपसमा मिलेर टाँसिएजस्ता अनेक बान्कीका थुम्काहरूले गर्दा शैलुङ डाँडामा जता हेरयो त्यतै रमाईलो देखिन्छ ।
जब हामी बिहान ९ बजे मकवानपुर हुदै सिन्धुली अनि रामेछापको यात्रामा थियौ उतिनै बेला देखी मेरो मनमा अनेक कुराहरु खेलिरहेका थिए । आफु जन्मेको जिल्ला भनेपछि उसै मन् फुरुग थियो त्यसैले जतिसक्दो चाडो म रामेछाप हेर्न चाहान्थे । झम्के साझको समयमा भएपनि रामेछापलाई नियाल्दै मन्थली पुगेको पत्तो भएन । हुन त रामेछापका केही ठाउहरु मरभुमि जस्तै पाए सायेद यस्तै थियो होला है म जन्मेको ठाँउ पनि भन्दै साथीहरुलाई सुनाउदै म प्रफुल थिए । करीब ८ बजे रामेछापको मनथली बजारमा आजको बास तय भयो । भोलीपल्ट बिहान केही समय मन्थलीलाई फेरोमार्दै यात्रा सुरु भयो शैलुङको । लगभग मनथलीबाट ४ घण्टा उकालो ओरालो यात्रा गर्दै दोरम्बा प्रबेशले द्धन्दकालको दोरोम्बा घटना याद आयो ।

No description available.

एउटा होमस्टेमा खाना खाएपछि करीब १ घण्टा गाडीमा सवार पछि शैलुङ पुग्न सफल भईयो । हुन त शैलुङको डाँडोमा पुग्न अर्को १ घण्टा ठाडो उकालो पैदल चढनैपर्छ । साथीभाई जिस्कदा जिस्कदै उकालो चढेको पत्तो भएन । सहज थिएन तर मन सहजतामा थियो । अब भने मैले खोजेको शैलुङलाई भेटाए । शैलुङ पुगेपछि छिनछिन परिबर्तन हुने मौसमले अर्कै आनन्द दिन्छ । प्राकृतिक रुपमा उम्रेका दुबोले आसिबार्द दिएको भानहुन्छ । एउटा अनुपम भेट शैलुङसंग,खुबै धितमर्ने गरी सफा थुम्काहरुमा पल्टदा पल्टदै फिर्ता सवारी समय भयो । शैलुङ वास्तबमा नेपालको मणीनै हो । हामीले यसलाई सहि सदुपयोग गर्न सकिरहेका छैनौ ।
मनभरी थामी नसक्नु मायाका पलहरु बोकेर फर्केको छु ।

चौरी चराएर शैलुङलाई साथी बनाउने ति शेर्पा दाईलाई संझेको छु । उनका सन्ततीहरु गाँउ छाडेर शहर पसेको सुन्दा मनमा कता कता बिजेको छ । हुन त आर्दश कुराले मात्र हुन्न, घर चल्नुपर्छ परिबार पालीनुपर्छ अनि पेट पालीनुपर्छ । चौरी चराएर मासिक ५० हजार कमाउने ति शेर्पादाईले शैलुङलाई टिकाई राखेकाछन, हामी त केबल शैलुङको क्षणिक साथी  मात्र बन्यौ । एउटा बटुवा आउछ जान्छ तर बाटो सधै रहिरन्छ यस्तै कुराहरु मनमा संगालेर शैलुङ संग बिदावरी भईयो । बाटोभरी शैलुङका संझनाहरु आए साथीहरु बिच शैलुङलाई राज्यले उपयोग गर्न नसकेका कुराहरु भए । यति मात्र होईन अब चै शैलुङले कोल्टेफेर्ने अदभुत आशा सरकारसंग भन्ने गफहरु पनि भए । यस्तै तरहले यात्रा सोही दिन फिर्र्ती भो । अहिले शैलुङमा हावा चलिरहेको होला,मन्द मुस्कान हासिरहेको होला ति थुम्काहरुले याद गरीरहेको होला,चौरमा फल्ने कन्दमुल,दुबोहरु फक्र्रीरहेका होलान । तस्बिरमा बोलिरहेको रामेछापको शैलुङ डाँडा नाईस टु मिट् यु ।

 

No description available.

No description available.

No description available.

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*