चितवन जिसस प्रमुखमा गोलाप्रथाबाट एमाले विजयी

३१ जेष्ठ २०७९, मंगलवार १९:०३

चितवन \  जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेका नारायण अधिकारी विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा ५ दलीय गठबन्धन र नेकपा एमालेको मत बराबर आएपछि गोला प्रथा गरिएको हो ।

जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा नेकपा एमाले र गठबन्बधनले बराबर मत प्राप्त गरेका थिए । चितवनका सात पालिकामध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख तथा पाँच दलीय गठबन्धनले चार प्रमुख र तीन उपप्रमुख जितेको थियो ।

प्रमुखमा एमालेका नारायण अधिकारी विजयी गोला तान्दा विजयी भए भने नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित भए । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी नेतृ कल्पना काफ्ले सापकोटा निर्विरोध भएकी छिन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*