बागमती प्रदेशसभामा मंगलबार पाँच वटा प्रतिवेदन पेश

३१ जेष्ठ २०७९, मंगलवार १९:०६

हेटौंडा \  बागमती प्रदेशसभा बैठकमा मंगलबार ५ वटा प्रतिवेदन पेश भएको छ । बैठकमा मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को बार्षिक प्रतिवेदन पेश गरेका छन् ।

त्यसैगरी, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको बार्षिक प्रतिवेदन पेश गरेका छन् ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मटेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गरेका छन् । प्रदेशसभा बैठक बुधबार अपरान्ह ४ बजे बस्ने गरी स्थिगित भएको छ । बुधबारको बैठकमा प्रदेशको बजेट आउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*