बागमती प्रदेशको बजेटः निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्म

१ असार २०७९, बुधबार १८:३१

हेटौंडा \  बागमती प्रदेशको आगामी आर्थिक बर्ष ०७९/०८० को बजेटले मिर्गौला रोगीका लागि निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्मलाई समेटिएको छ ।

प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूमा आधुनिक औजार तथा उपकरण खरिद तथा मर्मत सम्भार र औषधिको व्यवस्थाका लागि ३८ करोड २ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । महिलाहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि मामोग्राफी मेसिन खरिद गरी निःशुल्क सेवा प्रदान गरिने भएको छ ।

महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी पाठेघर खस्ने समस्या, अब्सट्रेटिक फिस्टुला लगायतका समस्याहरुको शिविरमार्फत समयमै निदान गर्ने र निःशुल्क शल्यक्रिया गरिने भएको छ । एक विद्यालय एक नर्स कार्यक्रमका लागि २८ करोड रूपैयाँ गरिएको छ ।

बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बजेटले बागमती प्रदेशको स्वास्थ्य क्षेत्रको स्वास्थ्य पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र विपन्न वर्गसम्मलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिबृद्धि गर्न मद्धत पुर्याउने स्वास्थ्य मन्त्री निमा लामाले प्रतिक्रिया दिए । प्रदेशको बजेटमध्ये स्वास्थ्य मन्त्रालयमा ४ अर्ब ८९ करोड २३ लाख बजेट विनियोजन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*