काठमाडौंमा शान्तिप्रिय देखि श्रीराम अर्जुन सम्म सम्मान तथा पुरस्कृत

४ असार २०७९, शनिबार २३:३९

हेटौंडा \ मकवानपुरका पत्रकार श्रीराम अर्जुन मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले चलचित्र पत्रकारिता दिवसको अवसरमा मोफसलमा एक दशक भन्दा लामो समयदेखी चलचित्र पत्रकारिता गर्दै आएका श्रीराम अर्जुनलाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत प्रदान गरिएको हो ।


शनिबार नेपाल सरकारका प्रवक्ता एंव सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त पुरस्कार प्रदान गरेका थिए । संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा श्रीराम अर्जुन सँगै वरिष्ठ चलचित्र पत्रकारहरुको पनि सम्मान तथा पुरस्कृत गरिएको थियो ।

२०६६ सालमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाका कार्यसमिति सदस्य बनेका श्रीराम अर्जुन हाल संघको सचिव रहेका छन् । उनले दुई कार्यकाल सचिव भई कार्यसम्पादन गर्दै आइरहेका छन् । स्थानीय पत्रिकामा चलचित्र पत्रकारिता सुरु गर्दै आएका श्रीराम अर्जुनले लामो समय फिल्मी खबर साप्ताहिकका लागि हेटौंडाबाट काम गरेका थिए । उनी हाल हेटौंडाबाट सञ्चालित सिधाखबर डटकम, इमेज च्यानल र हिमालय टाइम्सको मकवानपुर संवाददाताको रुपमा कार्यरत छन् ।     

विभिन्न सामाजिक संघसंस्थाका आवद्ध रहेका उनले हेटौंडामा चलचित्र पत्रकारिता पुरस्कार २०७३ लगायत विभिन्न सहकारी तथा सामाजिक संघसंस्थाहरुबाट सम्मान तथा पुरस्कृत प्राप्त गरिसकेका छन् ।

संघले उनी सँगै चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार २०७७, ७८ र ७९ बाट सम्मान तथा पुरस्कार प्रदान गरेको गरिएको छ । चलचित्र पत्रकारिता सम्मान २०७७ बाट वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय र राजन घिमिरे, चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट दिवाकर मैनाली र आर. डि. शृंखला (राजन दाहाल )प्रदान गरिएको थियो ।


त्यस्तै, चलचित्र पत्रकारिता सम्मान २०७८बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा, चलचित्र पत्रकारिता पुरस्कार २०७८बाट कुमार आचार्य र गीता अधिकारी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८बाट मनोज न्यौपाने र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८बाट पोखराका रेम रसाइलीलाई प्रदान गरिएको थियो ।

त्यस्तै, चलचित्र पत्रकारिता सम्मान २०७९बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी, चलचित्र पत्रकारिता पुरस्कार २०७९बाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९बाट उद्दव रसाइली र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट मकवानपुरका श्रीराम अर्जुनलाई प्रदान गरिएको थियो ।
चलचित्र पत्रकारिता पुरस्कार ५१ हजार राशी र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २५ हजार राशी सहित प्रदान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकारहरु, महानायक राजेश हमाल, अभिनेता भुवन केसी, सराेज खनाल, कृष्ण मल्ल लगायत कलाकारहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*