डाक्टरमाथीको दुव्र्यवहार निन्दनीयपूर्ण छ: मेसु सापकोटा

७ असार २०७९, मंगलवार १८:२८

हेटौंडा \ हेटौंडा अस्पतालको विषयमा केही सातादेखी सेवाग्राहीले पाएको असुविधा प्रतिको समाचार विभिन्न सञ्चारमाध्यममा समाचार आयो । विभिन्न रोगका विरामीले सेवा समयमा नपाएको र सेवा लिदाँ समस्या उत्पन्न भएको भन्दै सेवाग्राहीहरुले जनगुनासो आएपछि व्यवस्थापन पक्षलाई नेपाली कांग्रेस हेटौंडा नगर समितिले ध्यानाकर्षण पत्र समेत बुझायो ।

अस्पताल व्यवस्थापन पक्षले कमीकमजोरी भएको खण्डमा सुधार्ने र सेवालाई चासो दिदैं विरामीलाई सुविधाका साथ सेवा गर्ने प्रतिवद्धता समेत जाहेर गरे । सोही बीचमा गर्भवती महिलाहरुले भिडियो एक्सरेमा कोटा प्रणाली भएकाले सेवा लिन समस्या भएको भन्दै पुनः सञ्चारमाध्यममा समाचार आयो ।

यस्ता घटना हुदैं गर्दा सोमबार स्वतन्त्र युवाहरुले साढे १० देखी साढे १२ बजे सम्म धर्ना अभियान चलाए । सोही क्रममा डाक्टर अस्पताल परिसर बाहिर निस्किदाँ सामाजिक सञ्जालहरुमा डाक्टरलाई केरकार गरिएको भिडियो सार्वजानिक भएपछि मंगलबार अस्पतालका मेसु डा. रामचन्द्र सापकोटाले पत्रकार सम्मेलन गर्दै कर्मचारीको अभाव र आवश्यक प्रविधि नभएकोले अस्पतालमा उपचार गराउन समस्या भएको बताएका छन् ।

उनले सोमबार भएको डाक्टर माथीको आक्रमण शैलीको घटना निन्दनीय रहेको बताएका छन् । ५० वेडको स्विकृती प्राप्त अस्पताल रहेको यस अस्पतालमा ११० वेडको सेवा प्रदान गरिरहेको बताए । उनले हामीले सेवा बढाएकाले विरामीको चाप बढेकोले विरामीले सेवा लिन केही समस्या रहेको बताए । उनले हामीले आइसियु सेवाका साथै १२ जनाको लागि डाइलेसीस सेवा प्रदान गर्दै आइरहेको बताए ।

६/७ वर्षअघि केही डाक्टरहरुको मात्रै सेवा पाईरहेका मकवानपुरबासीले हाल २५ जना डाक्टरहरुबाट सेवा लिइरहेको बताए । सेवा बढेकै कारण सेवाग्राहीहरुको चाप बढेको हो जुन हाम्रो लागि राम्रो पक्ष रहेको बताउदैं उनले नयाँ भवन सञ्चालनमा आएपछि सिटीस्क्यान र एमआरआई सेवा पनि सञ्चालनको तयारीमा रहेको बताए ।

कार्यक्रममा पत्रकारहरुबाट उठेका प्रश्नहरुको जवाफ मेसु डा. सापकोटा, अस्पतालका अध्यक्ष राजेश प्रसाईले दिएका थिए । उनीहरुले समयमा सेवा प्रदान गर्न कर्मचारी, चिकित्सक र प्रविधिको अभाव रहेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*