५ वर्ष माथी १२ वर्ष मूनिका बालबालिकालाई फाइजर खोप लगाइने

७ असार २०७९, मंगलवार १९:०९

सिधाखबर \ सरकारले पाँच वर्ष माथी १२ वर्ष मूनिका बालबालिकालाई फाइजर खोप लगाउने भएको छ । अभियान नै सञ्चालन गरि यहि ९ गते विहीबार देखी १५ गते सम्म बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।

मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै फाइजर खोपको प्रभावकारीता, देखिने समस्या र अभियान बारे जानकारी दिइएको थियो । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको प्रमुख अतिथ्यता तथा कार्यालयका प्रमुख भीमसागर गुरागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

स्थानीय तहले विद्यालयलाई खोपकेन्द्रको रुपमा बालबालिकालाई खोप लगाइने भएको छ । मकवानपुरमा ६१ हजार ७५ जना लक्ष्य रहेको बताउदैं कार्यालय प्रमुख गुरागाईले फाइजर खोप बालबालिकालाई प्रभावकारी रहेको बताए ।

उनले मकवानपुरमा ३९० जना स्वास्थ्यकर्मी परिचालन गरि खोप कार्यक्रम गरिने बताए । उनले बालबालिका अध्ययनरत विद्यालय वा नजिकको पायक पर्ने विद्यालयमा लगेर आफ्ना बालबालिकालाई खोप लगाउन सबैलाई आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*