नमस्ते इभेन्ट्सद्धारा अमेरीकामा बृहत कुन्ती शिला सांकृतिक कार्यक्रम सम्पन्न

८ असार २०७९, बुधबार ११:५४

नमस्ते इभेन्ट्सले आयोजना गरेको बृहत कुन्ती शिला सांकृतिक कार्यक्रम सम्पन्न भएको छ । पुराना श्रष्ठालाई सम्मान नयाँ प्रतिभाको प्रोत्सान भन्ने उर्देश्यले आयोजना गरीएको कार्यक्रमलाई एन आर एन ए मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको हो । कार्यक्रममा खुल्ला डान्स च्यम्पेन्सिप्स २०२२ समेत सम्पन्न गरीएको थियो । राहुल के सी,लक्ष्मन पौडेल,रमेश श्रेष्ठको संयोजनमा आयोजित कार्यक्रम एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीको सभापतित्व तथा एन आर एन ए एन सी सी अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण जीवि पन्त को प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा मेरिल्याण्डको लागि पहिलो नेपाली सभासद ह्यारी भण्डारी बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अन्तरास्ट्रिय नेपाली कलाकार समाज इनासद्वारा ज्युदो श्रष्ठाको सम्मानार्थ बरिष्ठ गायिका कुन्ती मोक्तान र बरिष्ठ संगीतकार शिला बहादुर मोक्तान लाई इनास अमेरिकाका क्षेत्रिय संयोजक आनन्द लामा,इनास अमेरिका अध्यक्ष कन्हैया सिंह परियार, इनास अमेरिकाका पूर्व अध्यक्ष, जी आर सी कृष्ण श्रेष्ठ, इनास मेरिल्याण्डका अध्यक्ष सृजन ताम्राकार, इनास भर्जिनिया अध्यक्ष राहुल के सी, इनास मेरिल्याण्डका महासचिव लक्ष्मण पौडेल लगाएतले खादा, पुष्प गुच्छा र सम्मान पत्र प्रदान गर्नु भयको थियो ।

No description available.

कार्यक्रममा चापागाईं सुर्यदोय मिडिया बाट निलम गर्बुजा मगर लगायतको उपस्थिति रहेको थियो ।लक्ष्मन पौडेल र लोक मरासैनीले संचालन गर्नु भएको कार्यक्रममा २० जनाले प्रतिस्पर्धामा भागलिएका थिए । कार्यक्रमको निर्णायकहरुमा प्रमुख निर्णायकमा बरिष्ठ चलचित्र निर्देशक गोपालचन्द्र लामिछाने रहनु भएको थियो भने बरिष्ठ चलचित्र निर्देशक दिनेश कार्की,नायिका अनुसुया वन्त, गायिका अन्जना गुरुङले निर्णायकको भूमिका निर्भाह गर्नु भएको थियो । एन आर एन ए मेरिल्याण्ड च्याप्टर प्रथम खुल्ला नृत्य प्रतियोगिता २०२२ मा भर्जिनियाबाट के सी डान्स सेन्टर नृत्य निर्देशक नबिन के सी र रलुना श्रेष्ठ कि प्रतियोगी सरिशा अधिकारीले पहिलो स्थान हासिल गरि नगद एक हजार पाँच सय डलर सहितको ट्रफी जित्न सफल हुनु भएको थियो भने पेल््सलवेनिया हेरिस्बर्गबाट ब्लुमिंग डान्स सेन्टर कि नृत्य निर्देशक निरु सिवाकोटी र दुर्गा सिवाकोटी को प्रतियोगी ७ बर्षकी पचष्त अधिकारीले दितिय स्थान प्राप्त गरी नगद एक हजार डलर सहित ट्रफी जित्न सफल हुनु भएको थियो ।

यस्तै ब्लुमिंग डान्स सेन्टरकै नृत्य निर्देशक निरु सिवाकोटी र दुर्गा सिवाकोटीको समूह बाट रिस्थिका गुरुङ ,अनुप दाहाल,सलिना कडरिया , क्रिसला कडरिया,कस्मिरा अधिकारी,अन्ज्यिलश चापागाईंको समुहले नगद पाँच सय डलर सहित ट्रफी जित्न सफल हुनु भएको थिए । नृत्य प्रतियोगीहरुको प्रस्तुति पछि बरिष्ठ गायिका कुन्ती मोक्तान र बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले आआफनो प्रस्तुती दिनु भएको थियो । चर्चित गायिका मोक्तानले आफ्ना सुपरहिट गीतहरु डाली डालीमा , खुट्टा तान्दै गर , चोली राम्रो पाल्पाली ढाकाको , भन्छन कोहि जिन्दगि यो, नमरे बाँचे ,माथि माथि सैलुन्गेमा लगायतका गीतहरु प्रस्तुत गर्नु भएको थियो ।

No description available.

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*