चलचित्र ‘द सिक्रेट अफ राधा’को दुई नयाँ पोस्टर सार्वजनिक

८ असार २०७९, बुधबार १२:०२

सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सृष्टि श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ र दिव्य देव पन्तलाई देख्न सकिन्छ भने सौगात ड्राइभर र दयाहाङ डिएसपीको चरित्रमा प्रस्तुत देखिन्छन ।

त्यस्तै, दोस्रो पोस्टरमा सृष्टि श्रेष्ठ मात्र फिचर रहेकिछिन् । एक सार्वजनिक गाडीमा सवार उनी निराश मुद्रामा देखिएकी छन् । चलचित्रमा पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको पनि अभिनय छ ।चलचित्रलाई सुवर्ण थापासँग मिलेर अभिनेता सौगात मल्लले निर्माण गरेका हुन् । आगामी भदौ १० गतेलाई यो चलचित्रको प्रदर्शन मिति तोकिएको छ ।

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*