आजबाट ५ वर्ष माथी र १२ वर्ष मूनिका बालबालिकालाई कोरोना खोप लगाइने

९ असार २०७९, बिहीबार ११:४०

हेटौंडा \  मकवानपुरका दश वटै स्थानीय तहमा आजबाट ५ वर्ष माथी र १२ वर्ष मूनिका बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाइने भएको छ । स्थानीय तहका स्वास्थ्यकर्मीले बिद्यालयमानै खोप केन्द्र बनाएर कोरोना भाइरस संक्रमण बिरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

अभियान नै सञ्चालन गरि आज देखी १५ गते सम्म बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो । फाइजर खोपको प्रभावकारीता धेरै रहेकाले यो खोपबाट कोही पनि लक्षित उमेयर समुहका बालबालिकालाई छुटाउन नहुने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईले बताउनुभयो । स्थानीय तहले विद्यालयलाई खोपकेन्द्रको रुपमा बालबालिकालाई खोप लगाइने भएको छ ।

मकवानपुरमा ६१ हजार ७५ जना लक्ष्य रहेको बताउदैं कार्यालय प्रमुख गुरागाईले फाइजर खोप बालबालिकालाई प्रभावकारी रहेको बताउनुभयो । मकवानपुरमा ३९० जना स्वास्थ्यकर्मी परिचालन गरि खोप कार्यक्रम गरिने बताउनुभयो । बालबालिका अध्ययनरत विद्यालय वा नजिकको पायक पर्ने विद्यालयमा लगेर आफ्ना बालबालिकालाई खोप लगाउन सबैलाई आग्रह गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पायक पर्ने विद्यालयमा खोप केन्द्र तोकेर दुई चरणमा गरी बालबालिकालाई खोप दिन लागेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*