सिधाखबर \ नेपाल बजार विक्री प्रतिनिधि संघ (नाम्स) मकवानपुर हेटौंडा शाखा गठन भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै शाखा विस्तार गरिएको हो । हेटौंडा शाखामा मणिराज बरालको अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ ।
तीन वर्षिय कार्यकालको लागि संघको उपाध्यक्षमा बिक्रम लामा, सचिवमा सुशील दाहाल, उप सचिव (अर्थ) मा गोविन्द दाहाल, उप सचिव (साङ्गगठनिक)मा मोहन कुँवर चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रामहरि मैनाली, रोजिना लामा, निरेन पौडेल, उज्ज्वल कोइराला, सुमन पौडेल, सुशील पौडेल, अनिल कंडेल, विमलेश मिश्र, भुपेन्द्र अधिकारी र सुरेन्द्र पराजुली चयन गरिएको छ ।
संघको केन्द्रीय उपाध्यक्ष पुष्पराज अधिकारीको प्रमुख अतिथ्यतामा हेटौंडा शाखा गठन गरिएको हो । २०५८ सालमा स्थापना भएको संघ यस अघि केन्द्र र अञ्चल क्षेत्रमा गठन गरि काम गरिरहेको थियोे ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष पुष्पराज अधिकारी सहित नारायणी क्षेत्र अध्यक्ष सविन लामिछाने, सचिवदीपक सापकोटा, आजिवन सदस्य मधुसुदन पोखरेल र रुपेश लामिछाने लगायतको उपस्थिती रहेको थियो ।
नाम्सको केन्द्रीय अधिवेशन भदौको तेस्रो साता चितवनमा हुने समेत जनाइएको छ ।
नाम्स विभिन्न उत्पादित वस्तुहरुको विक्रि वितरण गर्ने कम्पनीमा बजार प्रतिनिधिको रुपमा कार्यरत कर्मचारीहरुको साझा संस्था हो ।