मकवानपुरगढी \ मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वनको २७ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभा मकवानपुरगढी–५ का वडा अध्यक्ष दिपेश दहालको प्रमुख आतिथ्यता समूहका अध्यक्ष चन्द्रप्रसाद दुलालको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
सभामा समूहले गरेका विभिन्न कार्यहरुको प्रचारप्रसार गराई समूहको लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सञ्चारकर्मी श्रीराम अर्जुन र भीमसेन पौडेललाई सम्मानित गरिएको थियो । यसैगरि पूर्व अध्यक्ष ध्रुवप्रसाद अधिकारी र रामचन्द्र छत्कुली, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष एवम स्थानीय महासंघ मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारीलाई पनि सम्मानित गरिएको थियो ।
![No description available.](https://scontent.fktm19-1.fna.fbcdn.net/v/t1.15752-9/320235118_733639908125642_8588686651314011401_n.jpg?_nc_cat=105&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=nAF9qzCKI_wAX_YRXpX&tn=sW5vqgrod1v7Hevj&_nc_ht=scontent.fktm19-1.fna&oh=03_AdQGTWXLtpOWgKXE97cOpnhSuKeCVS3soMFVA7kf-sTCng&oe=63F36F51)
भेलामा उत्कृष्ट विद्यार्थीहरु हिराकुमारी दुलाल, सलिना घलान, शिखा दुलाल, श्रीजल दाहाल र विराज गौतमलाई पुरस्कृत गरिएको थियो । भेलामा समूहकी सचिव सम्झना तिमल्सिना दहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेश अधिकारीले आव. ०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन र चालु आव. ०७९/०८० को लागि १६ लाख ५ हजारको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
![No description available.](https://scontent.fktm19-1.fna.fbcdn.net/v/t1.15752-9/324216980_977578109879162_1729297100945518469_n.jpg?_nc_cat=107&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=eqSya-1gi5QAX_KI4jB&tn=sW5vqgrod1v7Hevj&_nc_ht=scontent.fktm19-1.fna&oh=03_AdQDjP8jNkvZmVg32ShsP9m0G4S0hE5u8GSUwPcXpvFZJA&oe=63F358CC)
सभामा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, सव डिभिजन वन कार्यालय, मकवानपुरगढीका प्रमुख डोटेन्द्र कुमार गोले, नमूना सामुदायिक वनका अध्यक्ष खडानन्द न्यौपाने, थाकलडाडाँ सामुदायिक वनका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, वनका पुर्व अध्यक्ष रामचन्द्र छत्कुली, ध्रुवप्रसाद अधिकारी, समूहका सल्लाहकार यज्ञ प्रसाद तिमल्सिना, उपाध्यक्ष राधिका छत्कुली, लेखा संयोजक इन्द्रबहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो ।
६८.६० हेक्टरमा फैलिएको सामुदायिक वनमा १ सय १० घरधुरी आवद्ध रहेका छन ।