मकवानपुर ग्रील तथा स्टील व्यवसायी संघ मकवानपुरको १० औ वार्षिक साधरण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिबार रुद्रेश्वर मन्दिर परिसर हेटौडा ५ मा आयोजित साधरणसभालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टील व्यवसायीहरुको समस्यालाई संबोदन गर्न सरकार समक्ष माग गरेकाछन ।
छिमेकी राष्ट भारतबाट लुकिछिप आउने कामदार र कच्चा पदार्थले नेपाली ग्रील तथा स्टील व्यवसायीहरुलाई प्रभाब पारेको भन्दै अध्यक्ष कटुवालले नेपालमा नेपाली ब्यबसायलाई प्राथामिक्ता दिन आग्रह गर्नु भयो । उहाँले ग्रील तथा स्टील व्यवसायी पेशा निकै जोखिम पेशा रहेकाले पनि सरकारले यो पेशालाई हेर्न दृष्टिको फराकीलो बनाउनुपर्नेमा जोड दिनु भयो । दैनिक बृद्धिहुने फलामको भाउ र कच्चा पर्दाथको अभाबले यो पेशामा आश्रित लाखौ ब्यबसायीहरु धरासायी बनेको उनले बताए ।
![No description available.](https://scontent.fktm19-1.fna.fbcdn.net/v/t1.15752-9/325816252_1570297576767436_5867822830601608056_n.jpg?_nc_cat=102&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=aTPDLtpeqTUAX9qb2YN&_nc_ht=scontent.fktm19-1.fna&oh=03_AdSG3nzmAgIYcx1hGGTqMFe8MeOgom9D5McxgRFo6VDVIw&oe=63FC8D32)
मकवानपुरमा १ सय ५० भन्दा बढी ग्रील तथा स्टील व्यवसायी रहेको र करिब ३० बर्ष देखी यो पेशामा जोडीएका ब्यबसायीहरु पछिल्लो देशमा छाएको आर्थीक तरलताले बिस्तापित हुने अबस्था देखिएकाले प्रदेश सरकार र केन्द्रिय सरकारले नितिगत योजनाहरु ल्याउनुपर्नेमा जोडदिनु भयो ।
ग्रिल तथा स्टील व्यवसायी संघ मकवानपुरका अध्यक्ष केशव प्रसाईको अध्यक्षतामा आयोजित साधरणसभामा मकवानपुर उद्योग वाणीज्य संघका बस्तुगत उपध्यक्ष राजु अधिकारी,ग्रिल तथा स्टील व्यवसायी महासंघका वर्तमान उपाध्यक्ष निरजन कुमार श्रेष्ठ, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम,केन्द्रीय सदस्य एवं सल्लाहाकार प्रकाश पौडेल,पुर्ब अध्यक्ष कुमार पौडेल लगाएतले साधरण सभाको सफल्ताको शुभकामना दिएका थिए ।
साधरणसभामा महिला उद्यमी शारदा तिमल्सीना,अग्रज व्यवसायीहरु कुमार भुजेल,मिलन सेढाई लगाएतलाई खादा ओडाएर सम्मान गरीएको थियो । कार्यक्रममा संघका सल्लाहकार तथा केन्द्रीय सदस्य प्रकाश पौडेलले स्वागत गरेका थिए भने संस्थाको संस्थागत प्रतिवेदन अध्यक्ष प्रसाई र आर्थीक प्रतिबेदन कोषाध्यक्ष रामहरी प्रसाईले प्रस्तुत गरेका थिए ।
![No description available.](https://scontent.fktm19-1.fna.fbcdn.net/v/t1.15752-9/324395950_5718667678188373_7583487588613847395_n.jpg?_nc_cat=102&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=3nDdnU-i1kcAX8n8fZF&_nc_ht=scontent.fktm19-1.fna&oh=03_AdQQG9nQTFaPuGNCwNEtLaSQw1HalIGEPMw1Kf1xRBllGQ&oe=63FC8303)